नेपालमा थप २ सय ७० जनामा कोरोना संक्रमण पुष्टि

0

काठमाडौं-नेपालमा २४ घण्टामा ३ हजार ८४ को पिसिआर परीक्षण हुँदा २ सय ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। कुल संक्रमित २ लाख ६६ हजार ८ सय १६ छन्।

हालसम्म २० लाख ५ हजार १२५ जनाको पिसिआर परीक्षण भएको छ। त्यसैगरी, ३ सय ९० जना संक्रमणमुक्त भएका छन्। हालसम्म २ लाख ६० हजार ५ सय ६७ संक्रमण मुक्त भइसकेका छन्। संक्रमणमुक्त हुने दर ९७।६ प्रतिशत छन् । थप ५ जनाको मृत्यु भएको छ। कुल मृतकहरूको संख्या १९ सय ४८ पुगेको छ।

काठमाडौं उपत्यकामा १७२ जना संक्रमित थपिएका छन्। महिला ५९ र पुरुष ११३ थपिएको पनि स्वास्थ्य मन्त्रालयले जनाएको छ।


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here