काठमाडौं-नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्पष्टिकरण सोध्ने निर्णय गरेको छ।शुक्रबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले प्रधानमन्त्री अोलीलाई स्पष्टिकरण सोध्ने निर्णय गरेको हो।
पार्टीहित विपरित कार्य गरेको भन्दै बैठकले स्पष्टिकरण सोध्ने निर्णय गरेको स्थायी कमिटी सदस्य वेदुराम भुसालले जानकारी दिए। त्यस्तै बैठकले विष्णु पौडेललाई पार्टीको महासचिवबाट हटाउने निर्णय गरेको छ।पार्टीको नीतिविपरितका कार्यमा संलग्न भएको भन्दै हटाउने निर्णय गरिएको उनले जानकारी दिए।