काठमाडौं-नेपालको सबैभन्दा ठूलो इन्फ्रास्ट्रक्चर बैंकको आईपीओ शुक्रबारबाट सर्वसाधरणका लागि विक्री खुला गरिएको छ। नेपालको इतिहासमै आजसम्मको सबैभन्दा ठूलो ८ अर्ब रुपैयाँ बराबरको ८ करोड शेयर कित्ताका लागि आइपीओ खुला भएको हो।
नेपालका सबै आवेदकले यो आईपीओ पाउने निश्चि नै छ। कम्पनीको कूल ८ करोड कित्ता मध्ये ७ करोड ५८ लाख ४० हजार कित्ता सर्वसाधरणमा सार्वजनिक निष्कासन गर्न लागेको हो।बाँकी रहेको ५ प्रतिशत कित्ता सामूहिक लगानी कोष र शून्य दशमलव २ प्रतिशत कित्ता शेयर कम्पनीका कर्मचारीका लागि छुट्याइएको छ।हाल बैंकको चुक्ता पूँजी १२ अर्ब रहेको छ।
आईपीओ पछि बैंकको चुक्ता पूँजी २० अर्ब रुपैयाँ पुग्ने छ। कम्पनीको अधिकतम पूँजी ४० अर्ब रहेको छ। कम्पनीको आईपीओ विक्री प्रबन्धकको जिम्मेवारी भने एनआईबिएल एस क्यापिटल रहेको छ।
उक्त कम्पनीको आईपीओ प्रत्याभूतिको जिम्वेवारी नागरिक लगानीकोषले गर्ने छ। यो आइपीओ छिटोमा माघ ६ गते र ढीलोमा माघ १६ गतेसम्म विक्रीमा रहनेछ।
कम्पनीको आइपीओ इक्रा नेपालले वित्तीय अवस्था मध्यम रहेको ‘इक्राएनपी आई आर ट्रिपल बी’ रेटिङ प्रदान गरेको छ।