अमेरिकी राष्ट्रपति ट्रम्पविरुद्ध महाभियोग पारित

0
President Donald Trump pauses as the media departs after he spoke in the Roosevelt Room of the White House in Washington, Tuesday, Nov. 28, 2017, during a meeting with Republican congressional leaders. (AP Photo/Susan Walsh)

काठमाडौं-अमेरिकी राष्ट्रपति डोनाल्ट ट्रम्पमाथि अमेरिकी संसदको तल्लो सदन हाउस अफ रेप्रिजेन्टेटिभ्समा महाभियोग प्रस्ताव पारित भएको छ। अमेरिकी इतिहासमा एउटै राष्ट्रपतिमाथि दुई पटक महाभियोग लागेको यो पहिलो पटक हो। अघिल्लो साताको बुधवार अमेरिकी संसद् भवनमा राष्ट्रपति ट्रम्पका समर्थकहरुले आक्रमण गरेपछि उनका विरुद्ध अमेरिकाका डेमोक्र्याट सांसदहरूले महाभियोग प्रस्ताव प्रस्तुत गरेका थिए।

उक्त महाभियोगको सार्वजनिक मत परिणामअनुसार महाभियोग प्रस्तावको पक्षमा २३२ मत परेको बताइएको छ । महाभियोग पारित हुन २१७ मत आवश्यक थियो। हाउस अफ रिप्रेजेन्टेटिभ्समा डेमोक्र्याट पार्टीका २२२ जना सदस्य रहेका छन्।

तर त्यो भन्दा पनि बढी राष्ट्रपति ट्रम्पको रिपब्लिकन दलका पनि १० जना सांसदले महाभियोगको पक्षमा नै मतदान गरेको अमेरिकी सभामुख न्यान्सी पेलोसीले जानकारी दिए। महाभियोगको प्रस्तावको विपक्षमा भने १९७ जना रिपब्लिकन सांसदले मत दिएका थिए। अमेरिकी हाउस अफ रिप्रेजेन्टेटिभ्स्ले सन् २०१९ मा पनि उनका विरुद्ध महाभियोग पारित गरेको थियो। तर पनि त्यस समयमा भने उहाँको दल रिपब्लिकनका एकजना पनि सांसदले महाभियोगको पक्षमा मत दिएका थिएनन्।

अमेरिकी संसदको तल्लो सदनले पारित गरेको सो महाभियोग प्रस्ताव अब यहाँको माथिल्लो सदन अर्थात् सिनेटबाट पनि पारित हुनुपर्नेछ। उक्त प्रस्ताव पारित हुनका लागि सिनेटको मतको दुई तिहाइ आवश्यक हुन्छ। यस प्रयोजनका लागि सिनेटमा कम्तीमा पनि १७ जना रिपब्लिकन सिनेटरहरू ट्रम्पको विपक्षमा अर्थात् महाभियोगको पक्षमा उभिनु पर्नेछ । तर यो सम्भावना भने निकै कम देखिन्छ।एजेन्सी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here