राजदूत आचार्यद्वारा भारतीय सेनाका चिफ अफ डिफेन्स रावतसंग भेटवार्ता

0

काठमाडौं- भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यले भारतीय सेनाका चिफ अफ डिफेन्स स्टाफ जनरल विपिन रावतसँग भेटवार्ता गरेका छन्। परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली ३ दिने भ्रमणका लागि भारत पुग्नु केही समयअघि आचार्यले रावतसँग भेट गरेका हुन्।

दिल्लीस्थित नेपाली दूतावासले उक्त भेटवार्तामा दुई पक्षीय सम्बन्धका बारेमा कुराकानी भएको बताएको छ ।उक्त छलफलमा राजदूत आचार्यसहित दूतावासका कर्मचारी र भारतीय सैनिक अधिकृतहरुको उपस्थिति रहेको जनाइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here