५ हजार ३२ जनाको परीक्षण गर्दा नेपालमा ४ सय ३ जना संक्रमित थपिए

0

काठमाडौं- मुलुकमा थप ४ सय ३ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ। जसमा महिलाको संख्या १ सय ६१ र पुरुषको संख्या २ सय ४२ छ।

पछिल्लो २४ घण्टामा ५ हजार ३२ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा ४ सय ३ संक्रमित थपिएसँगै नेपालमा संक्रमितको कुल संख्या २ लाख ६६ हजार ५ सय ४६ पुगेको छ ।

यसैगरी काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप २ सय ३० जना संक्रमित फेला परेका छन्। मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा १ सय १० जना महिला र १ सय २० जना पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो।

योसंगै काठमाडौ उपत्यकामा संक्रमितको कुल संख्या १ लाख २४ हजार ३ सय ३३ पुगेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here