टीकापुर नपाका पूर्व मेयर सन्ज्यालको निधन,पशुपति आर्यघाटमा अन्तिम संस्कार

0

कैलाली-टीकापुर नगरपालिकाका पूर्व मेयर रत्नप्रसाद सन्ज्यालको निधन भएको छ।उनको गएराति काठमाडौंमा निधन भएको हो।७३ वर्षीय सन्ज्यालको केही समयदेखी मधुमेह, उच्च रक्तचापको उपचार गराई रहेका थिए।

टीकापुरस्थित विरेन्द्र विद्या मन्दिर माविका प्रधानाध्यापक समेत रहेका सन्ज्याल २०५४ सालको स्थानीय तहको निर्वाचनमा तत्कालीन नेकपा एमालेबाट मेयरमा निर्वाचित भएका थिए।उनको पार्थिब शरिर माथि नेकपाका महासचिब बिष्णु पौडेल र बनमन्त्री प्रेम आलेले झण्डा ओढाएका थिए। उनको पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here