कञ्चनपुर- जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले सामूहिक बलात्कारका फरार आरोपीलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बैतडीको पञ्चेश्वर गाउँपालिका ४ का धर्मेन्द्र चन्द रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
बैतडीको पञ्चेश्वर गाउँपालिकाकी एक १७ वर्षीया किशोरीलाई बलात्कार गरि फरार रहेका भनिएका चन्दलाई पक्राउ गरी बैतडी पठाइसकिएको प्रहरी नायव उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले बताए।