नेपालबाट विकसित योग अन्तरराष्ट्रियकरण भयोः प्रधानमन्त्री ओली

0

काठमाडौं-आज देशभर विभिन्न कार्यक्रम गरी राष्ट्रिय योग दिवस दिवस मनाइएको छ ।राष्ट्रिय योग दिवस मूल समारोह समितिको आयोजनामा बिहिबार ‘गरौँ योग डटेर, कोभिड जान्छ हटेर’ भन्ने नारासहित विभिन्न कार्यक्रम गरी देशभर योग दिवस मनाइएको हो । साथै समितिले प्रधानमन्त्री निवास बालुवाटारमा पनि योग दिवसको आयोजना गरी योग दिवस मनाएको हो

उक्त कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, मन्त्री, सरकारका उच्च अधिकारीहरू, योगगुरू लगायतको उपस्थिति थियो । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठको संयोजकत्वमा योग दिवस मूल समारोह समिति गठन गरिएको थियो । कार्यक्रममा योगगुरु क्षितिज बराकोटीले योगाभ्यास गराएका थिए ।

त्यस्तै जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र तनहले पनि बिहीबार दमौलीस्थित खुला मैदानमा शिविर आयोजना गर्दै योग दिवस मनाएको छ । सर्वसाधारणका लागि सञ्चालन गरिएको उक्त शिविर एक सातासम्म सञ्चालन हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here