सेती अस्पतालको परीक्षणमा कञ्चनपुरका एक जनामा कोरोना संक्रमण पुष्टि

0

कैलाली-सेती प्रादेशिक अस्पताल धनगढीमा बिहीवार ८७ जनाको कोरोना परीक्षण भएको छ । उक्त परिक्षणमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

अस्पतालका सुचना अधिकार दिलिप कुमार श्रेष्ठले संक्रमण पुष्टि हुनेमा कन्चनपुरको वेदकोटका ५२ बर्षीय पुरुष रहेको बताए ।

सेती अस्पतालमा हालसम्म ७३ हजार ८ सय ८७ नमूनाको कोरोना परीक्षण गरिएको छ। परिक्षण गरिएका मध्य हालसम्म ६६ हजार ४ सय ७१ जनामा कोरोना पुष्टि भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here