गोरखा-नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा चढेको हेलिकप्टर गोरखामा आकस्मिक अवतरण भएको छ ।
बिहीबार पालुङटार नगरपालिका-२ आँपपिपल भन्ने स्थानमा आकस्मिक अवतरण गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरीक्षक सुरेन्द्रबहादुर गुरूङले जानकारी दिए। देउवा काठमाडौंबाट पर्वत जाँदै थिए।
गुरूङलेका अनुसार मौसमको कारणले केहीबेर गोरखामा अवतरण गरिए पनि अहिले देउवा सवार उक्त हेलिकप्टर पर्वतका लागि उडिसकेको छ।