सशस्त्र प्रहरीका एआईजी नारायणबाबु थापासहित तीन दर्जन अधिकृतले पाए अवकाश, भयो भव्य विदाई

0

काठमाडौं-सशस्त्र प्रहरी अतिरीक्त महानिरीक्षक (एआईजी) नारायणबाबु थापा सहित तीन दर्जन अधिकृतले अनिवार्य अवकाश पाएका छन्।
एआईजी थापालाई सशस्त्र महानिरीक्षक शैलेन्द्र खनाल र नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षेत्रीले भव्य समारोहकाबीच विदाई गरेका हुन्।उनी ३० वर्षीय सेवाहदका कारण बिहीबारदेखि अनिबार्य अवकाश लिएका छन्। बिहीबार बिदा भएकाले उनलाई बुधबार नै बिदाई गरिएको हो।

नेपाल प्रहरीमा सेवा शुरु गरेका उनीहरु २०५८ सालमा सेवा स्थानान्तरण गरेर सशस्त्र प्रहरीमा गएका थिए। अनिवार्य अवकास पाउनेमा एआईजी नारायणबाबु थापा उच्च पदस्थ अधिकृत हुन्। थापा सशस्त्र प्रहरीका उच्च व्यावसायीक अधिकृत पनि हुन्।

अवकाश पाएका एआइजी थापाले सामाजिक सञ्जाल लेखेका छन्, ‘फौजी कहिलेपनि अवकाश नहुने उल्लेख गरेका छन्। उनले राष्ट्रले आवश्यक ठानेका अझै कुनैपनि क्षेत्रमा सक्रिय रहन सक्छु भन्ने संकेत गरेका छन्।’ उनले लेखेका छन्, ‘लामो सेवाकाल पश्चात अब सेवानिबृत हुन गइरहेको छु। यस अवधिमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र शाहीपाश्र्ववर्तीको रुपमा राजदरवारमा रहँदा तथा आर्मी कमाण्ड तथा स्टाफ कोर्सको दौरानमा नेपाली सेनासँगै कार्य गर्ने अवसर प्राप्त भयो। मलाई प्रशिक्षण दिनुहुने तीनवटै संगठनका आदरर्णिय गुरुबर्ग प्रति नमन गर्न चहान्छु। निरन्तर अभिप्रेरित गर्ने अवकासप्राप्त सवै पूर्वजप्रति आदरभाव प्रकट गर्दछु। विभिन्न नियुक्तिहरूमा रहँदा सँगै–सँगै काम गर्ने सवै अधिकृत, पदीक एवम विल्लादार जवानलाई धन्यवाद दिन चाहन्छु।’

त्यसैगरी सेवाबाट अबकास पाउनेमा एसपीहरुमा मातृकाप्रसाद कोइराला, ओजेश ओली, प्रेमध्वज शाह, गाहारधन राई, सोमबहादुर गुरुङ, राजु पाँडे, समरबहादुर श्रेष्ठ, कृष्णप्रसाद कोइराला, खेमबहादुर थापा, तुलसिराम दाहाल, रोशन श्रेष्ठ, बसन्तकुमार वोगटी, दिलबहादुर पन्थ, दलबहादुर श्रेष्ठ, तारिक चन्द चैधरी, अर्जुन प्रसाद सापकोटा रहेका छन्।

डीएसपीहरू अजयकुमार छत्कुली, भरत बस्नेत, जीवनबहादुर भण्डारी, डिल्लीकुमार कार्की, प्रकाश कुमार माझी, रूमबहादुर कार्की, शंकरकुमार पोख्रेल, जगदिश प्रसाद थारू, उपेन्द्रबहादुर बुढा क्षेत्री रहेका छन्। भव्य विदाई समारोहमा सशस्त्र महानिरीक्षक शैलेन्द्र खनाल, नेपाल प्रहरीका आईजीपी शैलेश थापा क्षेत्री, एआईजीहरुको उपस्थिति रहेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here