नेपाल प्रहरीका ११ जना एसपी एसएसपीमा बढुवा सिफारिस

0

काठमाडौ-नेपाल प्रहरीका ११ जना प्रहरी उपरीक्षक (एसपी) लाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवाका लागि सिफारिस गरिएको छ। बुधबार दिउँसो बसेको बढुवा समितिको बैठकपछि गृह मन्त्रालयले बढुवा सिफारिस गरेको हो ।

प्रहरी प्रधान कार्यालय, नक्सालका अनुसार कृष्णकुमार महत, गोविन्दकुमार शाह, उमाशंकर पञ्जियार, अर्जुन चन्द ठकुरी, जनकराज पाण्डेय, सुरेन्द्रप्रसाद मैनाली, कृष्णहरि शर्मा पोखरेल, चक्रबहादुर सिंह, दिल्लीराज पन्त, मधुसुधन लुइँटेल र मोहनप्रसाद पोखरेललाई एसएसपीमा बढुवा गर्न सिफारिस गरिएको छ ।

उनीहरूमध्ये शाह, पञ्जियार र पाण्डेय एआईजी विश्वराज पोखरेलका ब्याची हुन्। बढुवा सिफारिसमा परेका अन्य अधिकृतहरु पनि यसअघिका बढुवामा छुटेका एसपीहरु हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here