४ हजार १ सय ५४ को परीक्षण गर्दा मुलुकमा ४ सय ४५ संक्रमित थपिए

0

काठमाडौं- मुलुकमा थप ४ सय ४५ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ। जसमा महिलाको संख्या १ सय ८४ र पुरुषको संख्या २ सय ६१ छ।पछिल्लो २४ घण्टामा ४ हजार १ सय ५४ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा ४ सय ४५ संक्रमित थपिएसँगै नेपालमा संक्रमितको कुल संख्या २ लाख ६६ हजार १ सय ४३ पुगेको छ।यसैगरी काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप २ सय ४६ जना संक्रमित फेला परेका छन् । मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा १ सय १० जना महिला र १ सय ३६ जना पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here