बैतडीमा किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ, सामुहिक बलात्कार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुल्यो

0
सांकेतिक तस्बिर

बैतडी-बलात्कारको आरोपमा बैतडीमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको पञ्चेश्वर गाउँपालिका वडा नम्बर ४ का २३ वर्षीय प्रविन चन्द रहेको बैतडीका प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए। चन्दलाई स्थानीय १७ वर्षीया किशोरी बलात्कार गरेको आरोपमा मंगलवार राती पक्राउ गरिएको हो ।

पुस १५ गते किशोरीको घरमै गएर बलात्कार गरेको आरोप ती युवकमाथि लागेको थियो। डिएसपी अधिकारीका अनुसार सामूहिक रुपमा उक्त बलात्कारको घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। उक्त घटनामा थप अरुको पनि संलग्नता रहेको बुझिन आएको र घटनामा संलग्न अरुको खोजी कार्य जारी भइरहेको उनले बताए।घटनाको थप अनुसन्धान भइरहेको र त्यसपश्चात थप कुरा बाहिर आउने प्रहरी नायव उपरीक्षक अधिकारीले बताए। पीडित किशोरीको उद्धार गरी जिल्ला अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्रमा राखिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here