बित्थडचिरभरिका विद्यालय पाच दिनका लागि बन्द

0

दिनेश धामी, बझाङ्ग- बझाङ्ग बित्थडचिर गाउँपालिकाका केही विद्यालयहरु माघ ४ गते सम्मका लागि बन्द भएका छ्न। गाउँपालिकामा हिउदे अधिवेशनले थारु समुदायको महान पर्व तथा सुदुरपश्चिमीहरुको महान पर्व माघे साक्रान्तीको लागि ५ दिने बिदा भएको हो।

पुष महिनाको एक्दमै चिसो मौसममा कोरोनाको जोखिम पनि देखिने भएकाले र मकर साक्रान्तिका लागि बिदा गरिएको एक जना शिक्षकले बताए। मकरसाक्रान्तीको लागि माघ १ गते र २ गते स्थानिय सार्वजनिक बिदा र ३ गते शनिबार परेकाले माघ ४ गते आइतबार बिधालय खुल्ने गरि बन्द गरिएको भुमीराज आधारभुत बिधालयका शिक्षक बिष्णु धानुकले जानकारी दिए।

बित्थडचिर गाउपालिका ९ को सुनकुडा नमुना माद्यामिक बिधालय, देवेश्वरी माध्यामिक बिधालय, महादेव माध्यामिक बिधालय, केदार माध्यामिक बिधालय, भुमेश्वरी आधारभुत बिधालय , शिवभवानी अधारभुत बिधालय र भुमिराज आधारभुत बिधालयलगायत केही केही बिधालयहरु माघ ४ गते सम्मका लागि बन्द गरिएको जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here