गौरीका बनिन् उत्कृष्ट महिला बर्षको खेलाडी

0

काठमाडौं- १३ औं सागमा ४ वटा स्वर्ण, २ रजत, ३ कांस्य जितेकी पौडी खेलाडी गौरीका सिंह यस वर्षको उत्कृष्ट महिला खेलाडी भएकी छन् । मंगलबार आयोजित एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डमा सुदूरपश्चिमकी चेली गौरीका उत्कृष्ट महिला वर्ष खेलाडी घोषित भइन् । उनले १५० सीसीको पल्सर मोटरसाइकल पनि पाइन् ।

१३औं सागमा एकै प्रतियोगितामा सर्वाधिक पदक जित्‍ने खेलाडीको कीर्तिमान गौरीकाको नाममा छ । यो विधामा तेक्वान्दोकी आयशा शाक्य, एथ्लेटिक्सकी सन्तोषी श्रेष्ठ, करातेकी अनु अधिकारी र ट्रायथोलनकी सोनी गुरुङ मनोनयनमा परेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here