३७ सदस्यीय निर्वाचन सुरक्षा परिचालन टोली गठन

0

काठमाडौं-प्रहरी प्रधान कार्यालयले ३७ सदस्यीय निर्वाचन सुरक्षा परिचालन टोली गठन गरेको छ। कार्यालयले मंगलबार प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलको नेतृत्वमा ३७ सदस्यीय निर्वाचन सुरक्षा परिचालन टोली गठन गरेको हो ।

आगामी वैशाख १७ र २७ गते हुने आमनिर्वाचनको तयारीस्वरुप उक्त टोली गठन गरिएको स्रोतले जानकारी दियो।

उक्त टोलीमा एआईजी पोखरेलसहित प्रहरी नायब महानिरीक्षक (डीआईजी)द्वय दिवेश लोहनी र सुनिलकुमार श्रेष्ठ, १२ जना र अन्य एसएसपी, एसपी र डिएसपी रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here