कैलाली- संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री गणेशसिंह ठगुन्नालाई एक समूहले कालो झण्डा देखाएको छ ।
नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपाल समूहका कार्यकर्ताले ओली समूहले आयोजना गरेको कार्यक्रममा उपस्थिति हुन आएका मन्त्री ठगुन्नालाई सदरमुकाम चैनपुरमा कालो झण्डा देखाएको हो ।
ओली समूहले सदरमुकाममा आयोजना गरेको जिल्ला भेलामा मन्त्री ठगुन्नालाई युवा विद्यार्थीको समूहले ‘प्रतिगमन मुर्दावाद, प्रतिनिधिसभा पुनस्थार्पना गर’ जस्ता नारा लगाउँदै कालो झण्डा देखाएको हो ।
भेलामा ओली समूहका नेताहरु भैरव बहादुर,अफिलाल ओखेडा र ऐन महर लगायतको सहभागिता रहेको थियो।