प्रचण्ड -माधवले चाहदैमा पार्टी फुट्दैनः सामान्य प्रशासन मन्त्री ठगुन्ना

0

बझाङ- संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री गणेशसिंह ठगुन्नाले कानूनी रुपमा पार्टी विभाजन नभएकाले बरालिएर नहिड्न नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन् ।प्रचण्ड–माधव समूहलाई अंकित गर्दै ठगुन्नाले नेकपाबाट छुट्टिएर अलग नहुन र सहयात्रामा आउन आग्रह गरेका छन ।

जनताको जनमतको कदर गर्दै दुई कम्युनिष्ट पार्टी एक भएको स्मरण गर्दै मन्त्री ठगुन्नाले प्रचण्ड–माधवले चाहदैमा पार्टी नफुट्ने बताए ।

नेकपा बझाङको जिल्ला सदरमुकाम चैनपुरमा आयोजित बृहत आमसभालाई सम्बोधन गर्दै मन्त्री ठगुन्नाले प्रचण्ड–माधव समूहले जिल्ला–जिल्लामा गएर पार्टी फुटेको भ्रम छरिरहेकाले भ्रममा नपर्न नेता तथा कार्यकर्तालाई आग्रह गरेका हुन ।

नेकपा फुटेको हो, भन्ने आम जनमानसमा चिन्ता बढेकोले पार्टी कानुनी रुपमा विभाजन नभई केही ब्यक्तिहरु बाहिर जाँदा चोइटिएको मात्र बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here