कान्छा अभियन्ता केपी खनाललाई धनगढीका मेयर वडको साथ,सरसफाई अभियानमा झाडो समातेर आफै खटे!

0

कैलाली-कान्छा सामाजिक अभियन्ता केपी खनालले कैलालीमा सरसफाई अभियान सुरु गरेका छन्। ‘सके सफा गरौ नसके फोहोर नगरौं’ भन्ने मुल नाराका साथ सोमबार कैलालीको लम्कीबाट सुरु भएको सरसफाई अभियान राजमार्ग हुँदै मंगलवार धनगढीमा पुगेको छ। कान्छा अभियन्ता खनालले धनगढीको क्याम्पस रोडबाट सुरु गरेको सरसफाई अभियान पार्कमोड पुगेर सकिएको थियो।

विभिन्न सामाजिक कार्यमा सक्रिय देशकै कान्छा सामाजिक अभियन्ता भनेर चिनीने केपी खनाले मैनादेवी फाउण्डेसनको आयोजनामा धनगढीमा सरसफाई अभियान शुरु गरेका हुन्।सरसफाई अभियानको उद्घाटन समारोहमा धनगढी उपमहानगरपालिका मेयर नृप वडले धनगढी उपमहानगरपालिकाले महिनामा दुई पटक बजार सरसफाईको कार्यक्रम सुरु गरेको भएपनि काेभीडका कारणले त्यसलाई स्थगित गरेको बताए।

उनले आजबाट पुनः त्यसलाई निरन्तरता दिने तयारी गरेको बताए। सरसफाई उपमहानगरपालिकाले गर्ने मात्र नभएर हामी सवैलले गर्नुपर्छ भन्ने मान्याताका साथ अगाडी बढ्नुपर्ने मेयर वडले बताए।

धनगढी महानगरपालिकाले मात्रै सरसफाई गरेर सम्भव छैन, उनले भने, ‘प्रत्येकको मन मस्तिष्कबाट हामीले स्वस्थ रहनुपर्छ र बजारलाई सुन्दर बनाउनुपर्छ भन्ने सोच हुन आवश्यक रहेको छ।’मेयर वड आफै झाडो समातेर केपीसँगै सडकमा झाडो लगाउन जुटेका थिए।

यस्तै कान्छा अभियन्ता केपी खनालले सकेसम्म थोरै गरौ नभए धेरै गरौं भन्ने ध्यका साथ यो अभियान सञ्चालन गरेको बताए। उनले एक दिन मात्र सरसफाई देखाएर नहुने भएकाले यसलाई निरन्तरता दिन जरुरी रहेको बताए। नगर प्रमुखलाई ल्याएर एक दिन सफा गरौं भन्ने होईन उनले भने, हाम्रो सोचाई नगरका बासीन्दाले म नै नगर प्रमुख हुँ भनेर अगाडी बढ्नुपर्छ। सरसफाई अभियानमा लाइन्स क्लव अफ धनगढी, विभिन्न कलेजका विद्यार्थी, नेपाल प्रहरीको सहभागिता रहेको थियो।

मैनादेवी फाउण्डेसनका अध्यक्ष समेत रहेका सामाजिक अभियन्ता खनालले यस अभियान अन्र्तगत जिल्लाको पुर्बपश्चिम राजमार्ग अन्र्तगत पर्ने सबै स्थानीय तहको राजमार्गक्षेत्रका बजारमा सरसफाई गरीने बताए।जिल्लाको टीकापुर, बौनिया, सुख्खड, मसुरीया, अत्तरीया, धनगढी लगायतका मुख्य ८ बजारमा सरसफाई अभियान चलाउने पहिलो चरणको कार्यक्रम भएता पनि आवश्यक्ता अनुसार यसको दायरा अझ फराकिलो बनाउदै लैजाने खनालको भनाई छ।

सानै उम्मेर देखि समाजमा केहि गर्नु पर्छ, भन्ने स्वभावका खनालले बाजुरामा रहेका अनाथ बालबालिकाका लागि अनाथालय निमार्ण, सके हजार नसके प्रचार, क्लिन काष्ठमण्डप, असहायहरुका लागि सहयोग लगायतका थुप्रै सामाजिक अभियान चलाएर बिभिन्न समस्यामा परेका परिवार र विपन्न बर्गकालाई सहयोग गदै आएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here