सशस्त्र प्रहरी महानिरीक्षक खनालबाट दज्र्यानी चिन्ह प्रदान

0

काठमाडौं- सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षकबाट सशस्त्र प्रहरी नायव महानिरीक्षकमा पदोन्नती भएका ६ जना अधिकृतहरुलाई दज्र्यानी चिन्ह प्रदान गरिएको छ। सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सो दज्र्यानी चिन्ह प्रदान गरेका हुन।

सशस्त्र प्रहरी बलको प्रधान कार्यालय हल्चोक स्वयम्भूमा आज आयोजित बिशेष समारोहमा सशस्त्र प्रहरी महानिरीक्षक खनालले सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक पदमा कायम मुकायम मुकरर रहेका ९ जना अधिकृतहरुलाई समेत सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक पदको दज्र्यानी चिन्ह प्रदान गरे। नेपाल सरकार गृहमन्त्रालय माननीय मन्त्रिस्तरको यही पौष २४ गतेको निर्णयले ६ जना अधिकृतहरु सशस्त्र प्रहरी नायव महानिरीक्षक पदमा पदोन्नती भएका तथा पौष २४ गतेकै निर्णयले ९ जना सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक पदमा कायम मुकायम मुकरर भएका हुन।

सशस्त्र प्रहरी महानिरीक्षक खनालले राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरुले व्यक्तिगत स्वार्थलाई थाती राख्दै सामुहिक भावनाकासाथ राज्य प्रदत्त जिम्मेवारीका क्षेत्रहरुमा कृयाशिल रहनुपर्ने बताए। समारोहमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्वय पुष्पराम के.सी. र रामशरण पौडेल लगायत सशस्त्र प्रहरी बल, नेपालका बरिष्ठ अधिकृतहरुको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here