तनहुँ- तनहुँको खैरेनीटार नजिकै श्री नम्बर ३ बाहिनी अड्डामा निर्माण गरिएको पृथ्वीनारायण शाहको पूर्णकदको शालिक अनावरण गरिएको छ। शालिक २ लाख १४ हजार ९ सय ७१ रुपैयाँको लागतमा निर्माण गरिएको हो।
पृथ्वीनारायण शाहको पूर्णकदको शालिक निर्माणमा खटिने कालीगढलाई बाहिनीपति सहायकरथी सागरबहादुर थापा प्रशंसापत्र प्रदान गरेका थिए। कार्यक्रममा बाहिनीपति सहायकरथी सागरबहादुर थापा मन्तव्य राखेका थिए।



