श्याम बहादुर खड्का


अहिले नेपाल लगायत विश्व कोरोना भाइरसका कारण आक्रान्त भएको छ। शुरुमा कारोनाको प्रकोप बढे पछि पछिल्लो दिनमा कोरानो रोग फलाना अथवा ढिस्कानो खाएमा ठिक हुन्छ भन्नेहरू पनि निस्के। खाएर फाईदा गरे राम्रै हो जडीबुटी नराम्रो असर गर्दैन । तर परिक्षण नभई यसरी दावी गरि हाल्नु उचित मानिदैन। यसको प्रतिरोधको लागि हाम्रो खानपान र सबै भन्दा मुख्य कुरा हामी भित्र रहने आत्म विश्वास नै महत्वपुर्ण कुरा हो र त्रसित हुनु हुदैन। यसको लागि रोकथाममा प्रशस्त ध्यान दिनु पर्छ ।

विश्वमा यस्ता महामारीहरू समय समयमा आई नै रहेका हुन्छन। कुनैपनि स्थानमा प्रकृतिको दोहनले यस्तो भयावह स्थिति निम्त्याउछ । बाबु बाजेले परम्परागत रुपमामा लिआएका संस्कारहरू अपनाउन छोडेमा यस्तो अवस्था निम्तिनेमा शंका छैन ।

कर्णाली क्षेत्रमा वि.स. १९७२ मा एक किसिमको,त्यसबेला “पुष्या भाडो” भन्ने गरिएको महामारी फैलिएको थियो । पुषको महिनामा फैलिएको त्यो महामारीलाई यो नाम दिईएको थियो । चार दिनसम्म हिमपात भएको त्यस बेला मानिसहरू धेरै मरेको सुनिएको थियो । पचास साठी घर भएको एउटै गाउँमा कम्तिमा पचास साठी मानिसहरू मरेका थिए । पछि बझाङको आसपासका गाउँबाट मात्रै सयौ वा हजारौको संख्यामा मृतकहरूलाई त्यत्तिकै बगाई दिदा सेतीमा बैतडी र बझाङको सिमाना चित्रे खोचामा लाशले नदी थुनिएर पानीआसपास भरिएको थियो । पछि त्यस ठाउँमा चिलकौवाहरू जम्मा भई लाश खाएपछि त्यो नदीको पानीखोलिएको थियो भन्ने सुनिन्छ ।

हिमपातले बालीनाली समेत नष्ट भएको थियो । त्यस अवधिमा धेरै मानिसहरू भाबरमा जाने अभियान स्वरुप तराई क्षेत्रतिर आई जंगल फाडेर बसाई सरेका थिए ।
त्यसको केहीबर्ष अगाडि वापछाडि त्यस्तै रोग, पुषमा आएर चैतसम्म रहेको थियो । यसमा मानिसहरू चिसो हुने र निमोनिया भई केही दिन मै मानिसहरू मर्ने गर्दथे । चैत लागेपछि गर्मिका कारण त्यो नियन्त्रणमा आएको होला । तर मानिसहरूले विभिन्न ठाउँमा होम गराएर सर्वत्र पाईने तिते पातीको प्रयोग गरिएको र संयोग नै मान्नु पर्छ, त्यो महामारी नियन्त्रणमा आएको सुनियो । एउटा मान्यता के रहेको छ भने गाईका घीउमा मिसाईको तितेपातीले हावामा रहेका किटाणु मार्छ । स्मरण रहोस आफ्नो बालीमा किटाणु मार्नको लागि तिते पातीको प्रयोग गर्छन ।

बुवाहरूको पालामा हैजा फैलिएको थियो। हैजाबाट जोगिन मानिसहरू गाउँ छोडेर हिडेका थिए । घर परिवारका मानिसहरू घर छोडेर आवश्यक सामान लिएर नजिकको जंगल,पहाडको खोच तिर निस्कन्थे। कतै सुरक्षित ठाउँमा बसेपछि कसैलाई हैजाले समाएमा औषधि (घरेलु) र पानीदिनु त टाढाको कुरा, हैजाको लक्षण थाहा पाउना साथ स्वस्थ मानिसहरू बिरामीलाई छोडेर अर्को ठाउँमा सर्दथे।

त्यसबेलाको अवस्थामा मानिसहरू आफ्नो परिवारका बाँकी सदस्यलाई जोगाउन निर्मम तरिकाले अगाडि बढथे । गोठका गाई भैसीहरू त्यतिकै छोडिन्थे। धार्मिक मान्यता अनुसार नकारात्मक र एउटा रोगको रुपमा रहेकी एक दैवी शक्ति फाल देवीको कोप परेमा बिहान जरो आउने र बेलुका मर्ने घटनाहरू पनि समाजमा महामारीको रुपमा बेला बेला देखा पर्ने गर्दछ । जुनहालको कोरोनाको लक्षणसंग मिल्दोजुल्दो रहेको मानिन्छ। अर्को रोग शितला (बिफर) को महामारीबाट बच्नकतिपय स्थानमा शितला मन्दिरमा पूजा हुन्छ। बिफर महामारी हुदा गाउँतिर वैद्यको रुपमा भेदुवाभन्ने ब्यक्तिले गाउँगाउँमा उपचार गर्दथे ।

हाम्रा भान्साका मसला र जडिबुटी पनि धेरै रोगहरूको रोकथाम गर्न सक्छन । पहिले गाउँतिर हाम्रो भान्साहरू पनि औषधिले भरिपूर्ण रहेका हुन्थे । मसलाको रुपमाजिरा, अदुवा, सौफ, कालो मरिच, लसुन, ज्वानो, टिम्मुर, धनिया, जिरा, झारको रुपमा रहेको पतना, तरकारीको रुपमा मेथि, प्याज हरेक नेपालीको भान्सामा रही रहेकै हुन्थ्यो । दिनदिनै प्रयोग नभए पनि त्यो भएन भने कुनै एक चीज नहुदा मानौ भान्सा नै खाली भई सकेको जस्तो लाग्थ्यो । तिनीहरूलाई राख्न सुकेका लौका, तुम्बा, बाँसका ढुँग्रा, पुराना ठेकी, माटाका भाँडा प्रयोग हुन्थे । घीउ समेत माटाका भाँडा (गढेल्लो) मा राखिन्थ्यो । आवश्यकता अनुसारमा विभिन्न फलबाट निस्कने अमिलोहरू राखिएका हुन्थे ।

बिस्तारै तिनीहरू राख्ने भाँडा शिशि र प्लास्टिकले लियो । माटाका भाँडाको चलन हटेर गयो ।यिनीहरू फुटेर जाँदाअहिलेको जस्तो वातावरणमा प्रभाव पार्दैनथे र अहिलेको जस्तो प्लाष्टिक र काँच प्रदषणको समस्या थिएन। माटोको भाँडामा राखिएको चिसो पानीखाँदा स्वास्थ्यको लागि फाईदाजनक मानिन्थ्यो । माटोका भाँडा बनाउने केही जातीहरूलाई रोजगार प्राप्त थियो ।

अलि बढी खोकी लाग्दा बारी तिर आफै उम्रने अफिमको साग खाने सल्लाह दिन्थे । यसले निन्द्रा लगाए पनि एक छाकअलि कति रोटीसंग खाँदा सुख्खा खोकी एक दुई दिनमा निको हुन्थ्यो । गहुँबारीमा उम्रने जंगली गाँजाका पात उमालेको पानीखाने वादाना भुटेर त्यत्तिकै खाने वाअचार बनाएर खान्थे । त्यसैको घर जातभाँगोको अचार त सबै जसो नेपालीको भान्सामा हाल पनि बनि रहेकै छ ।

घाँटीमा असजिलो भएमा गाउँतिर अहिले पनि मानिसहरू बेसार अथवा नून पानीले कुल्ला गर्छन । यसले पनि घाँटीको रोगलाई समेत हटाउने विश्वास गरिन्छ । जता सुकै पाईने बोझो, हर्रो समेत मानिसहरूले घाँटी सफा राख्नको लागि कहिले काहीखान गरेका छन । शुद्ध मह पाएमा एक चम्चा कहिले काँही चाख्दा खोकीको लागि फाईदा गर्छ । मानिसहरू कागती पानीमा मह मिसाएर पनि खान्छन र यसले फाईदा गर्छ । मानिसहरू तातो पानीको बाफवाएक गिलाशमा दूधमा मह राखेर खादा ज्वरो सहितको चिसो कम हुने मान्यता छ ।

पहिले भान्सामा आवश्यक पर्दा मसला समेत तुरुन्तै पिसेर मात्र दाल, तरकारीमा प्रयोग गरिन्थ्यो र त्यसको स्वाद अर्कै हुन्थ्यो । नेपालीको हरेकको भान्सामा ढुङगाको सिलौटाले प्रवेश पाउनुको महत्व यही हो । हाल हामीले प्रयोग गर्ने पाउडर मसला हाम्रो भान्सामा आई पुग्दा, तिनीहरूको वास्तविक गुण हराई सक्छ । मसला पसलबाटै त्यसको बास्ना कता गएको छ भन्ने थाहा हुन्छ । अहिले गाउँतिरका मानिसहरू पिस्न अल्छी गरेर पाउडरको प्रयोग थाली सकेका छन । मिसावटको चलनले मसला कुन पदार्थबाट बनेको हो भन्नेमा शंका पनि हुन्छ ।

ल्वाङ र सुकुमेल कालो मरिच आयातित भए पनि धेरै जसोले राखेकै हुन्छन । दाल चिनी हाम्रै जंगल तिर पाईन्छ । अलैची बारीमा केहीले लगाएकै हुन्छ । यस्तै हाम्रो वरिपरिका जता फर्के पनि देखिने झारपातहरू धेरै जसो जडिबुटीमा प्रयोग हुने गरेका छन र कुनै न कुनै रोगकाऔषधि हुन्छ,,चिन्नमात्र पर्छ ।कालीकई, गुर्जो, हर्रो, बरोर्, बोझो अदुवा आदि हाम्रा परम्परागतऔषधि हुन । कतिपय मानिसहरू अहिले पनि सकभर गाउँकै झारपातहरू औषधिको रुपमा कै प्रयोग गर्छन । लेकमा पाईने औषधिको राजा शिलाजित सबै रोगको औषधि मानिन्छ ।

हाल कतिपय मानिसहरू भित्र घाम पस्न दिनु हुदैन भन्ने मान्यतामा राखेर आधुनिक कार्यालयको नाममा र होटलहरूको कोठामा दिउसो पर्दाहरू लगाएर बत्तीबाली बसेका हुन्छन । बुढापाकाको भनाईमा घाम एक महत्वपूर्ण औषधि हो । घाम पानी,तातो जाडो न खपेका मानवजातीहरू मा प्रतिरोधक क्षमता कम भएर जान्छ । हालको प्रचलन अनुसार कार्यालय अथवा घरमा बस्दा दिउसै बत्तीबालेर, वातानुकुल यन्त्रमा बस्दा शरीरको प्रतिरोधक क्षमतालाई बल पुर्याउदैन। शरीरमा प्रतिरोधक क्षमता बढाउन अलिअलि घाम र पानी सहनु पर्छ भन्ने मान्यता रहेको छ ।

गाउँतिर कडा खालको खोकी लाग्दा हामीले परम्परागत रुपमा प्रयोग गर्ने टिमुर पानी प्रयोग हुन्छ। त्यसमा लसुन, बिरनुन आदि मिसाउनु झन राम्रो मानिन्छ। टिमुरलाई बुढापाकाहरूले खानामा रहेको विषको प्रभावलाई समेत कम गर्नेर विषाक्त खानालाई शुद्ध पार्ने मान्यता राख्दथे । यसैले हरेक तरकारी, दालमा समेत यसको प्रयोग हुने गरेको पाईन्छ। अक्सिजन कम हुदा हिमाल चढने पर्वतारोहीहरूले टिमुरको छोप र लसुन साथै लिई हिडने सुनिन आउछ ।खोकी बढी सुखा भएमा मासको फाडो (मसिनो पिठोकोदाल) विभिन्न मसला राखेर पकाई भातसंग खानुका साथै पिउने काम पनि हुन्थ्यो । माझानेरहालिनेमसलाले होला,खोकी सजिलो भएको अनुभव गरिन्थ्यो ।बाँझको खोटोको चिया पनि यसलाई फाईदा पुर्याउने मान्यता छ । नदीको पानी हिमालयबाट जडिबुटी ल्याएको हुन्छ भन्ने मान्यताअनुसार नुहाउदा तथा सिधै हातले अन्जुलीमा भरेर खाँदा बिरामी परेको थाहा हुदैनथ्यो,तर अहिले नदीहरू प्रदुषित भई सकेका छन । मूलबाट सिधै निस्कने पानी एक औषधि जस्तै हो । मानिसहरूले अघिल्लो दिनल्याएको बासीपानीअर्को दिनबिहानप्रयोग गर्दैनन । बिहानको लागि चाहिने धाराबाट बिहानै र सम्भव भए सम्म बेलुका पनि पानी ल्याउने कोशिश गरिन्थ्यो । त्यो पनि तामाको गागी्रमा भरिन्थ्यो ।

हामीले खाने पकाउने भाँडा तामाकाँसा र पितलले हाम्रो खाना किटाणु रहित बनाउने परम्परागत मान्यता छ । अहिले तामाका भाँडाको ठाउँमा स्टिल, अझ प्लाटिकका जर्किनले ठाउँ लिएर तामाका गाग्रि त कतातिर थन्कि सकेका वा बिस्थापित भई सकेका छन । त्यसबाट विमुख भएर मानिसहरूले गाउँतिर धेरैले स्टिल, आल्मुनियम र प्लास्टिक संग साटे । आल्मुनियम सस्तो भएपनि स्वास्थ्यको लागि राम्रो होईन भनिन्छ। पछिल्लो दिनको प्लास्टिकको प्रयोगले हाम्रो खानपानमा प्रभाव पारेको छ ।

हाम्रो संस्कृतिमा एक छिन अगाडि पकाईएको दालभात एक छिन वा केही घण्टा पछाडि खाईदैन । रोटी पनि एक दिनसम्म बढी काममा खटने केही मानिसहरू र केटाकेटी बाहेक अन्यले बासी भनेर खाँदैनन त्यो पच्दैन भन्ने मान्यता छ । तरकारी त एक छाकको लागिभन्दा बढी पाक्दै पाक्दैन, त्यो पनि पछिलाई भनरे राख्दैनन । अहिले हामीले खानेकुरा फ्रिज राखेर धेरै दिनसम्म त्यही खाई रहने बानीको समेत विकास गरिरहेका छौ । जुन स्वास्थ्यको लागि राम्रो हुदै होईन । तत्काल बनाउने र तुरुन्तै खाने हाम्रो संस्कार हो । अचार बनाउनको लागि सिलौटो छेउ मै राखिएको हुन्छ र केको अचार बनाउने तत्काल निर्णय भएर अचार बन्छ । हाम्रो भान्सामा छुवाछुत हुने मान्यताका कारण सुख्खा खाद्य पदार्थ गुन्दुक, मूलाको चानाआदि राखे पनि पानी मिसाई तरलीकृत गरिएको खाद्य सामग्रि वाअचार राखिदैनथ्यो ।

बुढा पाकाहरूको मान्यतामा गोब्रे सल्लाको हावाले मानिसको स्वास प्रस्वासको रोग निको हुन्छ । यसमा खोटोको गन्धले एक किसिमको बास्ना पैदा गरी विभिन्न किसिमका जीवाणु मार्ने विश्वास गरिन्छ । अझ सल्लाफूल्ने बेला भएमा त्यसको पराग रहेका हावाले औषधिको काम गर्ने भनाई छ । त्यसैले पुरानो समयमाऔषधि प्राप्त हुनु भन्दा अगाडि टि।बी।का रोगीलाई सल्ला घारीको बीचमा समय बिताउन सल्लाह दिन्थे । सल्ला फूलेको बेलामा त्यसले मानिसको स्वास प्रस्वासको रोगलाई फाईदा नै पु¥याउछ । पहाड तिर मानिसहरू सल्लाका दाउरा बाल्दछन,जसको गन्धले समेत किटाणु मार्ने विश्वास गरिन्छ ।

अगरबत्ती सिन्की धुप प्रचलन हुनु भन्दा पहिले मानिसहरू गोकल धुपको नाममा लेकाली सल्लोको खोटो प्रयोग गर्दथे । अहिले पनि होममा उक्त गोकुल धुप हव्य सामाग्रीको रुपमा प्रयोग हुन्छ । आगोमा हाल्दा यसले आसपासको वातावरण सफा बनाउनमा सहयोग गर्ने मान्यता छ ।पूजामा पयोग हुने गरेका कपुर बाल्दा समेत वातावरणलाई सफा गर्न मदत पु¥याउछ ।

स्वास्थ्यलाई प्रतिरोधक बनाउन जहिले पनि ऋतु अनुसारका प्राकृतिक रुपमा पाईने तरकारी र फलपूmलखानु राम्रो मानिन्छ । तिनीहरूबाट पाईनेपौष्टिक पदार्थ नै स्वास्थ्यको लागि उपयोगी हुन्छन । ऋतु बाहेकका फल र तरकारीहरू खानमा मिठो भए पनि स्वास्थ्यको लागि अस्वाभाविक हुन्छन । अमृत कुनै बिशेष पदार्थ नभई प्रकृतिले यी फलफूलमा भरिदिने एक पदार्थ हो । यसैले प्राणीको स्वास्थ्य बनाएको हुन्छ । ऋतु बाहेकको फलफूल र तरकारी उब्जाउदा त्यसमा रहेका तत्व वा पदार्थहरू जबरजस्ती भरिएका हुन्छन । मानिसहरूको लागि कसैलाई आर्थिक रुपमा फाईदाजनक भएप नि स्वास्थलाई फाईदा पु¥याउदैन । त्यसैको फल स्वरुपमा निसहरूमा विभिन्न किसिमका शारीरिक रोगहरूले मानिसलाई ग्रस्त छन ।

हाम्रो युवा पुस्ता वैज्ञानिकताको नाममायति अगाडि बढी सकेको छ कि हजारौ बर्ष देखि अभ्यास र अनुभवमा आधारित परम्परागत संस्कृतिबारे प्रश्न उठाई रहेछ र जेमा पनि वैज्ञानिक कारण खोजी रहेको छ । हाम्रा परम्परागत खाद्य सामाग्रिहरू गन्हाउने, मन नपर्ने आदि हुने गरेको छ । रोग प्रतिरोधक क्षमता बढाउनु हाम्रो परम्परागत खाद्य सामाग्रिको विशेषता हो । खाद्य प्रशोधनका नाममा तिनीहरूको रुप बिगारिएका, तिनीहरूको तत्वहरू नष्ट गरिएका वा पेट भर्ने नाममा एउटा स्वरुपमात्र देखा पर्ने खाद्यले फाईदा गर्दैन । अहिलेका ब्यापारिक दृष्टिले लामो अवधि सम्म प्याकेटमा रहेका खाने कुराले हाम्रो स्वास्थ्य कहाँ पु¥याइ रहेको छ । उत्पादकले लेखि दिएको उत्पादन मितिको भरमा त्यसको उपयोग गरि रहेका छौ ।

पहिले सामान्य ऊनको कम्मल ओढदा पनि जाडो महसुस हुदैनथ्यो । अहिले मानिसले फेशनको नाममा प्रयोग गर्ने अमैत्री सिन्थेटिक कपडाहरूले न्यानो महसुस हुदैनन र शरीरको प्रतिरोधक क्षमतालाई प्रभावित गरि रहेका छन । केहीमानिसहरू रुईको सिरक ओढदा समेत मानिसलाई सुत्न अप्ठेरो महसुस हुन्छ भन्ने गर्छन । ऊन मानिसको स्वास्थ्यको लागि उपयुक्त मानिन्छ, किनभने यो शरीरको लागि मैत्री फाईबर हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here