धनगढी– कैलालीमा जन्ती बोकेको वीङ्गर दुर्घटनामा परेको छ। बैतडीबाट जन्ती बोकेर कञ्चनपुर आउदै गरेको सु.प.प्र ०१००१ ज १२५४ नम्बरको वीङ्गर गोदावारीमा दुर्घटनामा परी १३ जना घाइते भएका सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।
घाइते हुनेमा दुलाह कञ्चनपुरको बेलौरी नगरपालिका–३ का २१ वर्षीय गोबिन्द लुहार र दुलही बैतडीको दोगडाकेदार गाउँपालिका– की १९ वर्षीया डम्मरा लावड रहेका छन।
यस्तै, बैलौरी नगरपालिका वडा नम्बर ३ का वर्ष १४ वर्षीय विशाल चौधरी, सोही ठाउँका २१ वर्षीय हरिश लुहार, बैतडीको दोगडाकेदार गाउँपालिका–८ का १५ वर्षीय शेर लावड, दोगडाकेदार–६ बस्ने २० वर्षीय अर्जुन लुहार, कञ्चनपुरको कृष्णपुर नगरपालिका–६ बस्ने गोरे लुहार, बेलौरी नगरपालिका–३ बस्ने ७ वर्षीय प्रदीप चौधरी घाइते भएका छन।
कञ्चनपुरकै बेलौरी नगरपालिका–३ का २७ वर्षीय निर्मल चौधरी, २५ वर्षीया राधा चौधरी, दोगडाकेदार गाउँपालिका–६ बस्ने ५० वर्षीय लक्षी लुहार, पुनर्वास नगरपालिका–३ बस्ने २१ वर्षीय राजु कार्की र चालक पुनर्वास नगरपालिका–२ का बिरबहादुर सार्की घाइते भएको प्रहरीले जनाएको छ।
४ जनाको अवस्था गम्भीर रहेका छ। घाइतेहरुको अत्तरियाको पद्मा अस्पताल र धनगढीको माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ।