भन्सार कार्यालयहरुमा प्रभु बैंकका एक्स्टेन्सन काउण्टरहरु थप गर्न नयां सम्झौता

0

काठमाडौ– नेपाल भारत सीमाका विभिन्न७ वटा भन्सार कार्यालयहरुमा रहेका प्रभु बैंकका एक्स्टेन्सन काउण्टरहरु थप समयकालागि सञ्चालन हुने भएका छन। भन्सार विभाग त्रिपुरेश्वर काठमाडौ र भद्रपुर भन्सार कार्यालय झापा, सुनसरी भन्सार कार्यालय सुनसरी, ठाडी भन्सार कार्यालय सिरहा, जलेश्वर भन्सार कार्यालय महोत्तरी, महेशपुर भन्सार कार्यालय नवलपरासी, सुठौलीभन्सार कार्यालय कपिलवस्तु र सतिभन्सार कार्यालय कैलालीमा सरकारी राजश्व÷भन्सार संकलनकालागि सञ्चालनमा प्रभु बैंकका एक्स्टेन्सन काउण्टरहरु रहेका छन।

ती काउन्टरहरुको समय थप्नकालागी बुधबार सम्झौता पत्रमा हस्ताक्षर भएपछि थप अवधिसम्म सञ्चालन हुन लागेका हुन। नविकरण सम्झौतामा अर्थ मन्त्रालयभन्सार विभाग, त्रिपुरेश्वर, काठमाण्डौका तर्फबाट महानिर्देशक सुमन दहाल र प्रभु बैंक लि। का तर्फबाट प्रमुखकार्यकारी अधिकृत अशोक शेरचनले हस्ताक्षर गरेका थिए।

छिमेकी भारतसँगको सिमानामा सञ्चालनमारहेका प्रभु बैंकलि। का एक्स्टेन्सन काउण्टरहरुको सेवाबाट भन्सार कार्यालयहरुको स्तरोन्नतीसँगै उक्त क्षेत्रमाआयातनिर्यातको क्रियाकलापहरुमा बढोत्तरी हुनगई राजश्व संकलनको आंकाडामा वृद्धि हुनजाने तथा स्थानीय सेवाग्राहीतथा संघ संस्थाहरुले प्रभु बैंकलि। को गुणस्तरीय बैंकिङ्गसेवाउपभोग गरी लाभान्वित हुने विश्वास गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here