काठमाडौ- नेपाल प्रहरीका आईजीपी शैलेश थापा क्षेत्री बुधबार पहिलो पटक उपत्यका वाहिर निरीक्षण भ्रमणमा निस्किए। उनको मुकाम थियो गण्डकी प्रदेशको राजधानी पोखरा। तर निर्धारित कार्यक्रम नै परिवर्तन गरेर उनि पुगे बागमति प्रदेशको राजधानी हेटौडा। गण्डकी र बागमती प्रदेशमा रहेका प्रहरी कार्यालयहरुको निरक्षण तथा निर्देशन भ्रमण सकेर बिपी राजमार्ग हुदै सोमबार राजधानी फर्किने पुर्वनिर्धारित कार्यक्रम नै परिवर्तन गर्नु पर्ने अवस्था सिर्जना भएको छ। कारण हो तनहुंमा सत्ताधारी नेकपा र विपक्षि नेपाली कांग्रेसको लडाई ।

केन्द्रबाट आएको वजेटमा बनेको पुललाई बिपक्षि कांग्रेसले उद्घाटन गर्न लागेको भन्दै नेकपाका सांसद किसान श्रेष्ठको समुहले रोक्न खोजेपछि तनहुं दिनभरि जसो तनाबग्रस्त रह्यो। दाहोरो झडपको अवस्था आएपछि स्थानिय प्रशासनले निषेधआज्ञा नै जारि गरेको थियो। कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई नियन्त्रणमा लिएपछि अबेर सांझ मात्रै लफडा साम्य भएको थियो।

तनहुंमा लफडा नहुदै आईजीपी उपत्यकाबाट पोखराकालागी निस्किसकेका थिए बाटोमा हिड्दै जांदा तनहुंमा लफडा भएको थियो। लफडा साम्य भएपछि गन्तब्य पोखरामै पुग्ने योजनामा उनि थिए। ईलाका प्रहरी कार्यालय डुम्रे तनहुंमा एक घन्टा बसेका आईजीपी अन्तत बाटो नखुल्ने देखेपछि गन्तब्य परिवर्तन गर्न बाध्य भए। आर्इजीपीकालागी नै वाटो खोल्न नसकेपछि तनहुंका एसपी अरुण पौडेलको संगठनभित्र आलोचना भएको छ। बुधबारको यो घटनालाई लिएर कार्यसम्पादनमै प्रश्नचिन्ह उठेको छ।

प्रहरी स्रोतका अनुसार बुधबार राती प्रदेश प्रहरी कार्यालयको गेष्ट हाउस पोखरामा बस्ने तह भएको कार्यक्रम परिवर्तन गरेर उनि बागमती प्रदेश प्रहरी कार्यालय हेटौडा पुगेका छन। विहीबार पोखरामा गर्ने भनेको निरीक्षण र निर्देशन हेटौडामा सरेको छ। गण्डकी प्रदेशको निरिक्षण सकेर बागमती प्रदेश प्रहरी कार्यालयको निरक्षण तथा निर्देशन हुने कार्यक्रम तय भएको थियो अब सेड्युल पुरै परिवर्तन गर्नु पर्ने भएको छ। आईजीपी थापाको सचिवालयले महेन्द्रनगरपोष्टसंग भन्यो। प्रदेश प्रहरी तालिम केन्द्र दुधौलीको निरीक्षण सकेर सोमबार बीपी राजमार्ग हुदै काठमाडौ फर्किने पुर्वनिर्धारित कार्यक्रममा परिवर्तन हुन्छ नै सचिवालयका एक अधिकृतले भने।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here