बुधबार नेपालमा १ हजार ४ सय ९० जना कोरोना संक्रमण

0

काठमाडौँ– नेपालमा बुधबार १ हजार ४ सय ९० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा ८ हजार ३ सय पीसीआर परीक्षण गरिएकोमा १ हजार ४ सय ९० जनामा संक्रमण पुष्टि भएको हो। यससँगै नेपालमा हालसम्म कोरोना संक्रमितको कुल संख्या २ लाख ३६ हजार २ सय ४६ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार देशभर १ हजार ५ सय ६७ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। यससँगै डिस्चार्ज हुनेहरुको कुल संख्या २ लाख १८ हजार १ सय ६१ पुगेको छ।

हाल देशभर १६ हजार ५ सय ४७ जना सक्रिय संक्रमित छन् भने ६ सय ५ जना क्वारेन्टिनमा छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here