बुधबार सेतीको प्रयोगशालामा ४२ जनामा कोरोना पुष्टि

0

कञ्चनपुर– सेती प्रादेशिक अस्पताल प्रयोगशालामा बुधबारबार ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा १ सय १० जनाको पीसीआर परीक्षण गरिएकोमा थप ४२ जनामा संक्रमण पुष्टि भएको हो।

कैलालीको धनगढी उपमहानगरपालिकाका २४ जनामा संक्रमण देखिएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए। कैलालीकै गोदावरी नगरपालिकाका ८ जना, गोगैरीगंगाका र स्थानीय तह नखुलेका १/१ समेत कोराना पुष्टि भएको छ।

त्यसैगरी कञ्चनपुरको पुनर्वास, भीमदत्त, महाकाली नगरपालिकाका २/२ जना बेलौरी नगरपालिकाका र बाजुराका १/१ जनामा पनि संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here