जुगेडामा प्रहरीका असई र जवान हत्या प्रकरण: आठ जना पुर्पक्षकालागी कारगारमा, व्यापारी धरौटिमा छुटे

0

कैलाली– नेपाल प्रहरीका असई गोविन्द बिक र प्रहरी जवान रामबहादुर साउदको हत्या अभियोगमा पक्राउ परेका नौ मध्ये आठ जना कारागार चलान भएका छन्। जिल्ला अदालत कैलालीमा मङ्गलबार भएको थुनछेक बहसपछि हत्या अभियोगमा पक्राउ परेका नौ मध्ये आठ जनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको हो । अदालतले मटर तस्करीमा संलग्न भएको आरोपमा पक्राउ परेका व्यापारीलाई भने धरौटीमा छाडेको छ।

जिल्ला अदालतमा भएको थुनछेक बहसपछि मटर तस्करीको आरोपमा पक्राउ परेका धनगढीका व्यापारी राजीव गुप्ता १ लाख ५० हजार रुपैयाँ धरौटी बुझाएर छुटेका छन। भने

धनगढी १० का ३१ वर्षीय पर्कु भन्ने रोहित राना (क), रोहित राना (ख), सोही स्थानका २० वर्षीय राजेन्द्र राना, ३० वर्षीयय चोर भनिने सुरेश रानालाई पुर्पक्षका लागि कारागार चलान गरेको छ। त्यसैगरि २५ वर्षीय गब्बर भन्ने राजकुमार राना, २२ वर्षीय रामनिवास राना, २९ वर्षीय टल्लु भन्ने दलराम राना र २५ वर्षीय गोपाल भन्ने रामगोपाल रानालाई पनि कारगार चलान गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

गत कात्तिक १ गते नियमित गस्तीमा खटिएका बेला अस्थायी प्रहरी पोस्टका जुगेडामा इन्चार्जसमेत रहेका प्रहरी सहायक निरीक्षक बिक र प्रहरी जवान साउद बेपत्ता भएका थिए। कात्तिक २ गते विकको र दुई दिनपछि साउदको हत्या गरेकै अवस्थामा नेपाल भारत सीमा भएर बग्ने मोहन नदीमा शव फेला परेको थियो। घटनापछि प्रदेश प्रहरी कार्यालयले त्यहां सईको कमाण्डमा प्रहरी परिचालन गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here