सुनको मूल्यमा ५०० वृद्धि

0

काठमाडौ– स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला ५०० ले उकालो लागेको छ। छापावाला सुन मङ्गलबारका तुलनामा प्रतितोला ५०० ले वृद्धि भएर ९१ हजारमा कारोवार भएको छ।

छापावाला सुन मङ्गलबार प्रतितोला ९० हजार ५०० मा कारोवार भएको थियो । सोमबारको तुलनामा आजसम्म आइपुग्दा पहेँलो धातुको मूल्य प्रतितोला रु एक हजारले वृद्धि भएको छ । यस्तै तेजाबी सुनसमेत आज प्रतितोला ५०० ले वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

प्रतितोला ९० हजार ५० मा मङ्गलबार कारोवार भएको तेजाबी सुन आज भने ९० हजार ५५० मा कारोवार भएको छ ।
यस्तै चाँदी आज प्रतितोला एक हजार १८५ मा कारोवार भएको छ । चाँदी प्रतितोला एक हजार १५५ मा मङ्गलबार कारोवार भएको थियो । चाँदी प्रतितोला ३० ले वृद्धि भएको छ । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here