काठमाण्डौ– बाल यौन दुराचार र शोषणको आरोपमा फ्रान्सका एक नागरिक पोखरा महानगरपालिका १७ को बरौताबाट पक्राउ परेका छन् ।
१२,८ र ७ वर्षका बालकलाई यौन दुरुपयोगरशोषण गरेको आरोपमा फ्रान्सका नगरिक पक्राउ परेका ह्न। पक्राउ पर्नेमा क्रिश्चियन सेर्गई हेनरी नउगारेट रहेका छन। उनीमाथि आवश्यक अनुसन्धान गरेर कारबाही प्रक्रिया अघि बढाउन जिल्ला प्रहरी कार्यलय कास्कीमा बुझाइएको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले जनाएको छ।
६० वर्षका नउगारेट पेसाले कम्प्युटर इञ्जिनियर हुन् ।