नागरिकको स्वास्थ्यप्रति सरकार जिम्मेवार छः मन्त्री ढकाल

0
sf7df8f}F, @* r}tM :jf:YodGqL 9sfn :jf:Yo tyf hg;ªVofdGqL efg''eQm 9sfn cfˆgf] sfo{sIfdf /f;;sdL{nfO{ cGt/jftf{ lbFb} . t:jL/ M rGb|snf If]qL÷/f;;

चितवन– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालले नागरिकको स्वास्थ्यबारे सरकार जिम्मेवार रहेको बताएका छन्।

योगी नरहरिनाथ प्राकृतिक चिकित्सालयको मंगलबार निरीक्षणपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले कोरोना महामारीबाट नागरिकलाई बचाउन प्राथमिकताका साथ काम भइरहेको बताए।

उनले भने, ‘महामारीबाट नागरिक बचाउन सके, विकास निर्माणपछि गरौँला। जनतालाई परेको समस्यामा तीनै तहका सरकार एकै ठाउँमा भएर सहयोगी बनेका छन्। आत्मबलले कोरोनासँग जित्न सकिन्छ।’

कोरोनाका कारण मानवीय क्षति नहोस् भन्नेतर्फ सरकार केन्द्रित रहेको मन्त्री ढकालको भनाइ थियो।

सो अवसरमा भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले सबैको सल्लाहअनुसार आइशोलेसन स्थापना गरिएको बताइन्। ९० जनाको क्षमता रहेको सो आइशोलेसनमा सङ्क्रमितको सङ्ख्या बढ्दै गए २०० जनासम्म राख्न सक्ने गरी व्यवस्था गरिने उनले जानकारी दिइन्। रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here