अन्तत विश्व राज पोखरेल एआइजी बढुवाकालागी सिफारिस

0

काठमाडौ- नेपाल प्रहरीका नायव महानिरीक्षक डिआईजी विश्वराज पोखरेल अतिरिक्त महानिरीक्षक एआईजी बढुवाकालागी सिफारिस भएका छन। सोमबार सांजm गृहमन्त्रालयमा गृहसचिव महेश्वर न्यौपानेको अध्यक्षतामा बसेको बढुवा सिफारिस समितिको वैठकले पोखरेललाई एआईजीमा बढुवाकालागी सिफारिस गरेको हो। एआईजी बढुवा सिफारिस समितिमा प्रधानमन्त्री कार्यालयका सचिव सदश्य र आईजीपी सदश्य सचिव रहने व्यवस्था छ।


महानगरिय आयुक्तको कार्यालय रानीपोखरी दरबन्दि भएका पोखरेल एसपीपछिका बढुवाहरुमा जम्प हान्दै विवादित बाटोबाट बढुवा भईरहने प्रहरी अधिकृतका रुपमा चिनिएका छन। एसपीबाट एसएसपी बढुवामा आफु भन्दा सिनियर ब्याचलाई समेत पछि पारेर बढुवा भएका पोखरेल डिआईजीमा पनि एकल बढुवा भएका थिए। ब्याचका डिआईजीहरु सहकुल थापा, धिरजप्रताप सिह, रविन्द्र धानुक, उत्तम सुवेदी लगायतलाई पछि पारेर सोमबार भएको एआईजी बढुवाको सिफारिसपछि पोखरेललाई प्रहरी संगठनमा भावि आईजीपीका रुपमा पनि हेरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here