गृहसचिव न्यौपानेबाट सशस्त्र प्रहरीका बाहिनीपतिहरुलाई निर्देशन

0

काठमाडौ– गृहसचिव महेश्वर न्यौपानेले मातहतका सशस्त्र प्रहरी अधिकृत तथा जवानहरुलाई उचित ढंगले परिचालन गरी निर्दिष्ट लक्ष्य प्राप्तीमा पूर्ण व्यावसायिक भई कार्यसम्पादनमा उत्कृष्ट योगदान पु¥याउन निर्देशन दिएका छन। बाहिनीपतिको रुपमा सरुवा भई त्यसतर्फ खटिई जान लागेका बाहिनीपतिहरुलाई आईतबार सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भुमा निर्देशन दिएका हुन्।

उनले विपद् व्यवस्थापन कार्यमा सशस्त्र प्रहरी कर्मचारीहरुले पु¥याएको योगदानको प्रशंसा गदै कोभिड–१९ महामारी नियन्त्रण तथा व्यवस्थापनमा पु¥याएको योगदानको समेत प्रसंशा गरेका थिए। गृहसचिव न्यौपानेले बाहिनीपतिको रुपमा खटिएकाहरुले आफु मातहतका सशस्त्र प्रहरी कर्मचारीहरुको मनोवल उच्च राख्दै मातहत ईकाइबाट भए गरेका कामकारवाहीको सही रुपमा मूल्यांकन गनुपर्ने बताए।

गृहसचिव न्यौपानेले सीमा सुरक्षा, सीमा अपराध नियन्त्रण, राजश्व चुहावट नियन्त्रण, चोरीपैठारी निकासी नियन्त्रणमा संवेदनशिल भएर जिम्मेवारी निर्वाहमा लाग्न कमाण्डर तहका सशस्त्र प्रहरी अधिकृतहरुलाई निर्देशन समेत दिए।

सोही अवसरमा सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले राज्य तथा संगठनले लिएको लक्ष्य प्राप्तीका लागि अहोरात्र कार्यक्षेत्रमा कृयाशिल रहिरहेको चर्चा गदै संगठनलाई प्राप्त जिम्मेवारीहरु परिमाणमुखी ढंगले निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले प्राप्त श्रोतसाधनहरुलाई अधिकतम उपयोग गर्दै शान्ति सुरक्षा तथा सुशासन कायम राख्दै अनुशासित र इमान्दारिताकासाथ चेनअफ कमाण्डमा रहेर व्यावसायिक कार्यसम्पादनमा जुट्न बाहिनीपतिहरुलाई निर्देशन दिएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here