चिनियां रक्षामन्त्रीले जंगीअड्डामा के गरे ? (फोटो फिचर)

0

काठमाडौ- चिनका रक्षामन्त्री जनरल वेइ फेङ्हेले नेपाली सेनालाई सैन्य सहयोगका कार्यक्रम यथाशीघ्र सुरु गर्ने बताएका छन। रक्षामन्त्री फेङ्हेसहितको प्रतिनिधिमण्डल र नेपाली सेनाबीचको छलफलमा उनले उच्च स्तरीय भ्रमणलगायतका द्विपक्षीय सहयोगका कार्यक्रम यथाशीघ्र सुरु गर्ने आश्वासन दिएको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

प्रधानसेनापति पूर्णचन्द्र थापासंगको छलफलमा रक्षामन्त्री फेङ्हे कोभिड १९ महामारीका कारण प्रभावित भएका तालिम तथा शिक्षार्थी आदानप्रदान नियमित गर्ने तथा विगतमा सहमति भएका सैनिक सहायता प्राप्तिसम्बन्धी प्रगतिको बारेमा कुराकानी भएको सेनाले जनाएको छ । चिनियाँ रक्षामन्त्री फेङ्हेले नेपाली सेनाको कोभिड १९ महामारीविरुद्धको प्रतिकार्यको सहयोगको प्रतिबद्धतासमेत जनाएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here