डोटीको जोरायल गाउँपालिकाका सबै वडा सडक सञ्जालमा

0

डोटी- जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने जोरायल गाउँपालिकाकाका सबै वडा यस वर्ष सडक सञ्जालमा जोडिएका छन् । सो गाउँपालिकाको रु १ करोडको लगानीमा त्यहाँका सबै वडामा सडक सञ्जाल पुगेको हो । सबै वडाभरीमा सडक सञ्जाल पुगेपछि स्थानीयबासीलाई यातायातका लागि सहज भएको छ ।

गाउँमा सडक पुगेपछि गाउँमा उत्पादन भएका तरकारी तथा अन्य अन्नबाली बजारसम्म पु¥याउन सकिने जनाउँदै स्थानीयबासीहरु खुशी भएको जोरायल–५ गड्सेराका दीर्धबहादुर बोगटीले जानकारी दिए। उनले भने “सबै गाउँमा सडक पुगेको छ, किसानले उत्पादन गरेका चिज बस्तु बजार सम्म पु¥याउन सहज भएको छ, किसानको आयस्तर बढ्ने छ ।”
गाउँपालिकाका प्रत्येक वडा कार्यालयमा सडक सञ्जाल पु¥याउने उद्देश्यले सडक बिस्तारको काम तीब्र रुपमा अगाडी बढाइएको गाँउपालिका अध्यक्ष दुर्गादत्त ओझाले बताए। उनले भने “पाँच वर्ष भित्र सबै वडा कार्यालयमा सडक पु¥याउने उदेश्य अनुसार हामीले काम अगाडी बढाएका थियौँ, समयमै काम सकियो यहि खुुसिको विषय हो ।” रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here