जुवाको रकम लुट्न अत्याधुनिक हतियार प्रयोग गर्ने तीन जना सार्वजनिक (भिडियो सहित)

0
अत्याधुनिक हतियार देखाएर नगद तीन लाख रकम लुट्ने तीन जनालाई प्रहरीले सोमबार पत्रकार सम्मेलन गरी सार्वजनिक गर्दै जिल्ला प्रहरी कार्यालय कञ्चनपुर ।

कञ्चनपुर – अत्याधुनिक हतियार प्रयोग गरी रकम लुट्ने तीन जनालाई प्रहरीले सार्वजनिक गरेको छ । गत बुधबार बेदकोट नगरपालिका ५ पोलखरी बस्ने हरेन्द्र बोहराको घरमा छोरोको जन्मदिन मनाउन उपस्थित भएका व्यक्तिहरुलाई अत्याधुनिक हतियार देखाएर नगद तीन लाख रकम लुट्ने तीन जनालाई प्रहरीले सोमबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा बेदकोट नगरपालिका १ पिपलथलाका २८ वर्षीय केदार बिष्ट, वडा नम्बर २ बसन्थलाका २२ वर्षीय पारसमणी जोशी र कृष्णपुर नगरपालिका ५ का २४ वर्षीय दिपक भट्ट रहेका छन् । उनीहरुलाई प्रहरीले शनिबार बेलुका एक थान सेमी अटोमेटीक पिस्तोल र म्याग्जीन सहित पक्राउ गरेको हो ।

प्रहरीका अनुसार ५÷७ जनाको समूहमा आएका अपरिचित व्यक्तिहरुले आफूहरु प्रहरीको अनुसन्धान ब्यूरोबाट जुवातास खेलिरहेको भन्ने सूचनाका आधारमा आएको भन्दै हतियार देखाएर तीन लाख रकम तथा मोबाइल लुटेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here