काठमाडौ– प्रधान सेनापति पूर्णचन्द्र थापाको औपचारिक निमन्त्रणामा भारतका स्थल सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरवणे तीनदिने औपचारिक भ्रमणको सिलसिलामा बुधबार काठमाडौं आइपुगेका छन् । नरवणेको साथै उनकी धर्मपत्नी तथा भारतीय सेनाको आर्मी भाइब्स वेलफेयर एसोसिएयनकी अध्यक्ष विना पनि आएकी छिन् ।
उनीहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी प्रभुराम शर्मा लगायतले स्वागत गरेका थिए ।
तस्वीर तथा भिडियो नेपाली सेना