कैलाली- धनगढी उपमहानगरपालिका वडा नम्बर ८ स्थित नवदुर्गा भगवती मन्दिर छ। मन्दिर परिसरमा एउटा सानो त्रिपाल लगाएको छ। त्रिपालमुनि माटाले भनेका भगवानका मुर्तिहरु निर्माण गरिएका छन्। दशैंलाई लक्षित गरि हरेक वर्ष एक महिना अघि देखि मुर्ति तयार हुने गरेका छन्।
यस वर्ष देवीको मुर्तिको समुहमा ५ वटा फरक अवतार देवी दुर्गा, लक्ष्मी, सरस्वती, गणेश र कात्तिक समावेश हुन्छन् उपेन्द्र यादवले बताए। उनले दशैं आउनु भन्दा एक महिना अघि देखि मुर्ति बनाउने कार्य सुरु हुने गरेको बताए।

मुर्ति बनाउनका लागि धनगढीमै रहेका बालीगढलाई ल्याएर मुर्ति बनाउन लगाएको उनको भनाई छ। माटाेका मुर्ति निर्माण भएपछि फोटो खिचाउनेको भीड लाग्ने गरेको उनले बताए। यस्तै राजेन्द्र यादवले दशैंलाई लक्षित गरि मुर्ति बनाउने कार्य गरिदै आएको बताए। उनले रातभर मुर्तिलाई कुर्ने काम पनि गरिन्छ, दशैं सकिएपछि मुर्तिलाई नदिमा लगेर विर्सन गरिने गरेको उनको भनाई छ।









