तस्करीविरुद्ध प्रहरीको गोप्य सर्कुलर, गोली हान्नेसम्म आदेश

0

कैलाली-तेस्रो मुलुकबाट आयात गरिएको केराउ (मटर) भन्सार छलेर नेपाल हुँदै भारत तस्कर हुने गरेको छ। यस अघि मरिच, सुपारी भारत पुर्याउने गिरोह नै पछिल्लो समय केराउ तस्करीमा लागेको हो। यसको प्रत्यक्ष उदाहरण कैलालीको धनगढी उपमहानगरपालिका-१२ जुगेडा अस्थायी प्रहरी पोष्टका इन्चार्ज असई गोविन्द विक र प्रहरी जवान रामबहादुर साउदको तस्कारको बाटो रोक्ने क्रममा विभत्स तरिकाले हत्या गरियो।

सोही घटनालाई लिएर प्रहरी प्रधान कार्यालय नक्साल तस्करीहरुको जालो तोड्न आक्रमक रुपमा अगाडी बढेको हो। प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार सुपारी, मरिच र केराउ तस्कारीको जालो तोड्का लागि देशभर विशेष सर्कुलर जारी गरेको छ।

प्रहरी प्रधान कार्यालयले बिहीवार विहानदेखि प्रदेश नम्बर १,२,३,५ र ७ मा सक्रियताका साथ निगरानी बढाएको स्रोत बताउछ। प्रहरी प्रधान कार्यालयले पुर्वपश्चिम राजमार्गको दक्षिणतर्फ सुपारी, मरिच र केराउ भेटिने भएकाले सो क्षेत्रमा पनि निगरानी बढाएको स्रोत बताउँछ।

धनगढीमा केराउ तस्कारी रोक्ने क्रममा असई गोविन्द विक र प्रहरी जवान रामबहादुर साउदको हत्या पछि प्रहरी प्रधान कार्यालय आक्रमक रुपमा लागेको छ,स्रोतले भन्यो,–‘ नेपाल -भारत सीमा क्षेत्रमा केराउ, मरिच र सुपारी तस्करी गरेको पाइएमा सिधैं गोली हान्न आदेश दिएको छ।’ नेपालबाट केराउ (मटर) तस्कर गर्न नपाएर तस्करीहरुको समुहले दुवै जनाको विभत्स हत्या गर्यो।

प्रहरीले केराउका मुख्य तस्करीलाई अझै पक्राउ गरेको छैन। पक्राउपछि सार्वजनिक गरिएका सात जना अधिकाशं भरिया मात्रै रहेको पाईएको छ। कोरोनाका कारण बन्दाबन्दीले सीमा क्षेत्रमा तस्करी धन्दा सलबलायका बेला प्रहरीले सीमा क्षेत्रमा थप निगरानी बढाएको हो।

तस्करीहरुले रातीको मौका छोपेर धन्दा चलाउने प्रयास गरिरहेका छन्। धनगढी उपमहानगरपालिकाका स्थानीयबासीका अनुसार धन्दाबालाहरुले भारतबाट कपडा, मोवाईल, सेट, सुर्ति, रसायनिक मल, चिनी, खानेतेल, मोटरका पार्ट्स लगायतका सामान तस्कारी गरेर नेपाल ल्याउने गर्छन् भने नेपालबाट सिंगापुरे सुपारी, मटर, केराउ, मरीच लगायतका सामान भारततिर लैजाने गरेका छन्।

भारत भन्दा नेपालमा भन्सार सस्तो रहेको थाहा पाउने वितिकै व्यापारीले तेस्रो मुलुकबाट सामान आयात गरेर अवैध रुपमा निकासी गर्छन्। नेपालमा किलोको मरिच ५ सयदेखि ७ सयमा बिक्री हुन्छ भने भारतमा यसको मुल्य प्रति किलो ७ सयदेखि ८ सयको हाराहारीमा पर्छ। त्यसैगरी नेपालमा ७२ किलोमा पर्ने केराउ भारतमा पुगेपछि ८५ देखि ९० रुपैयाँमा बिक्री हुन्छ।

कसरी हुन्छ तस्करी ?

मरिच, सुपारी केराउको तस्करी सानो र ठुलो परिणाम दुवै गरी हुने गरेको देखिन्छ। साइकल, मोटरसाइकल, ट्याक्टर, ट्रक र गोरुगाडामा समेत तस्करी हुने गरेको गत शनिवार राती धनगढी उपमहानगरपालिका वडा नम्बर १० बनकट्टी घाटमा भएको घटना क्रमले देखाएको छ। खुल्ला सीमाको फाईदा उठाउँदै बढी नाफा कमाउने उदेश्यले स्थानीय प्रशासनसँगको सेटिङमा मरिच, सुपारी र केराउ तस्कारी हुने गरेको स्थानीय बताउँछन्। नेपाल भारत खुल्ला सीमाका कारण नेपालबाट सवारी साधनमा लोड गरि मरिच, केराउ भारतका विहार, उत्तर प्रदेश दिल्लीसम्म पठाईने गरिन्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here