कैलालीका ४७ र कञ्चनपुरका ६ जना गरि ५३ जनामा कोरोना संक्रमण पुष्टि (अपडेट)

0

कैलाली-कैलालीका थप ४७ र कञ्चनपुरका ६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पतालमा ३ सय ३३ जनाको परीक्षण गरिएकोमा ५३ जनामा संक्रमण पुष्टि भएको हो।

अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले कैलालीको धनगढी उपमहानगरपालिकाका २६ जना, टीकापुर नगरपालिकाका १५ जना, गोदावरी नगरपालिकाका २ जनामा कोरोना पुष्टि भएको जानकारी दिए। धनगढीका १९ पुरुष ,६ महिला र १० महिने शिशुसहित २६ जनामा संक्रमण पुष्टि हो।

यस्तै कैलालीकै चुरे गाउँपालिका र गौरीगंगा नगरपालिकाका एकरएक जना र ठेगाना नखुलेका २ जनामा समेत कोरोना संक्रमण देखिएको छ।
अस्पतालका अनुसार कञ्चनपुरको भीमदत्त नगरपालिका र पुर्नवास नगरपालिकाका २र२ जना, शुक्लाफाँटा नगरपालिका र बेलौरी नगरपालिकाका एकरएक जनामा पनि कोरोना पुष्टि भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here