धनगढीमा तेक्वान्दो खेलाडीहरु सम्मानित

0
फोटोः अमृत विसी

कैलाली-कोरोना कहरकोबीच विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय अनलाइन भिडियो च्याम्पियनसिपमा सहभागी भइ मेडल प्राप्त गर्ने तेक्वान्दो खेलाडीहरु सम्मानित भएका छन्। विजेता खेलडीहरुलाई विहिवार धनगढीमा सम्मान गरिएको हो।

नेपाल तेक्वान्दो संघ जिल्ला कार्य समिति कैलालीले आयोजना गरेको कार्यक्रममा धनगढी उपमहानगरपालिकाका नगर प्रमुख नृपबहादुर वड तथा तेक्वान्दो जिल्ला कार्य समितिका पदाधिकारीहरुले खेलाडीहरुलाई प्रमाण पत्र सहित सम्मान गरेका थिए।जुन २१ देखि २७ गतेसम्म भएको इन्टरनेशनल ओपन फ्रेण्डसिप युएसएको आयोजनामा भएको लकडाउन कोभिड–१९ अनलाइन पुम्से च्याम्पियनसिपमा स्टेपिंङ्ग स्टोन, वेस्टर्न क्रिस्टल र शिवपुरीधाम डोजाङ्गका ११ जना खेलाडीहरु सहभागि भएका थिए। जसमध्ये नेहा चौधरीले स्वर्ण , पूजा श्रेष्ठ रजत, प्रतिक सिंह रजत र रिसब नेपालीले रजत पदक प्राप्त गरेका थिए।

यसैगरी अगस्ट २९ देखि ३० सम्म भएको फस्ट काठमाडौं भर्चुअल राष्ट्रिय च्योम्पियनसिप २०७७ मा कैलालीका विभिन्न डोजाङ्गबाट सहभागी भएका १९ जना खेलाडीहरु मध्ये अमन कुमार कठरियाले स्वर्ण, आशिस चन्द रजत र लक्ष्मण श्रेष्ठले कास्य पदक प्राप्त गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here