बाजुरामा घाँस काट्न गएकी किशोरीको भीरबाट लडेर मृत्यु

0

कैलाली –बाजुराको बडीमालिका नगरपालिका- ८ की एक किशोरीको भिर बाट लडेर मृत्यु भएको छ। दुधालशैनको वनमा घाँस काट्ने क्रममा बडीमालिका नगरपालिका-८ की १७ बर्षिया किशोरी बिमला थापाको मृत्यु भएको हो।

थापा बिहीवार विहान घाँस काट्न गएको र दिउसो अबेरसम्म घर नआएपछि खोजी गर्दा मृत अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here