हेर्नुहोस सिकाली जात्रा- खोकना तस्वीरमा

0

काठमाडौं- ललितपुर महानगरपालिका वडा नं २१ खोकनास्थित सिकाली चौरमा तान्त्रिक विधिबाट होम र पूजा भइरहेको छ। खोकनामा घटनास्थापनादेखि मनाइने सिकाली जात्राअन्तर्गत बिहीवार यहाँका गुठीसँग सम्बन्धित केही मानिसले धमाधम होमका साथै पूजा गरेका हुन्। सिकाली चौरमा तन्त्रमन्त्र गरेर होमका साथै सिकाली अनि रुद्रायणी देवीको पूजा भइरहेको रुद्रायणी गुठीका सदस्य बेखनर महर्जनले बताए। उनले भने, “मुलुकमा दिनानुदिन बढिरहेको कोरोना महामारीका कारण यस वर्ष परम्परा मात्र धान्ने काम गरिरहेका छौं। खोकनामा रहेका देवता खलका मानिसमध्ये १४ जना विभिन्न देवीदेवताको मुकुट लगाएर यज्ञमा उपस्थित भइसकेका छन्।” मुलुककै राष्ट्रिय पर्व यसमा विभिन्न देवताका नाचका साथै महायज्ञ र भात छर्ने परम्परासमेत हुने महर्जनले जानकारी दिए।

मुलुकमा जस्तै ठूलो सङ्कट या महामारी आए पनि सिकाली जात्रा रोक्न हुन्न भन्ने मान्यतानुरुप गुठीमा सम्बन्धित सीमित मानिस मात्र सिकाली चौरमा उपस्थित भएर परम्परालाई अघि बढाइरहेको वडाध्यक्ष रवीन्द्र महर्जनले बताए। यहाँ बुधबार खटजात्रा सम्पन्न भइसकेको छ । यस क्षेत्रमा मनाइने सिकाली जात्रा र खोकना नाचका लागि घटस्थापनाका दिनदेखि केही कुमारले घरघर डुलेर पूजा सामग्री सङ्कलन गर्ने चलन रहेको महर्जनले जानकारी गराए। खोकना बाहिरको चौरमा चोसो राँगो काटेपछि जात्रा शुरु हुने मान्यता छ।

शुक्रबार भने सिकाली चौरमा खोकना नाच हुने छ । खोकनामा मनाइने जात्रा र नाचमा विशेष गरेर गणेश, महालक्ष्मी, भैरव, शक्ति, रुद्रायणी, ब्रह्मा, महादेव आदि देवीदेताका पूजा गरिन्छ । विगत वर्षमा घटस्थापनादेखि नवमीका दिनसम्म मनाइने सो जात्रा यस वर्ष भने केही विधिमात्र गरेर परम्परा धानिने बताइएको छ। खोकना आर्थात जितापुर (पैरानीक नाम) जस्को आफ्नै छुटै परम्परा, शैली, मौलिक र सांस्कृतिक धरोहर रहेको गाउँ हो । खोकना एक जिवित एतिहासिक गाउँ भन्न कुनै दुबिदा नहोला। कालो तेलको लागि प्रसिद्ध खोकना गाउँ पहिलो बिजुली घर भएको पनि गाउँ हो। एउटा रमणीय गाउँ, एउटा एतिहासीक गाउँ आहाँ १ मेरो गाउँ खोकना गाउँ। भोग दिएका जनावर र पक्षी राक्षसहरूले लुटेर खान थाले।

राक्षसहरूको दुःखबाट बच्न बस्ती नै सारियो, अहिलेको खोकनामा। पुरानो बस्ती खोकनाबाट १५ मिनेट दुरीमा छ। बस्ती सार्दा तान्त्रिक हिसाबले देवीलाई पनि नयाँ बस्तीमा सारियो, जुन अहिले सिद्धिकाली रुद्रायणी मन्दिरको नाउँले चिनिन्छ। तान्त्रिकले आफ्नो तन्त्रविद्याबाट हेर्दा नयाँ मन्दिरमा बस्न देवी राजी भइन्, तर प्रसाद लिन मानिनन्। त्यसैले भोग नयाँ मन्दिरमा दिए पनि प्रसाद चढाउन पुरानै मन्दिर लगिन्छ।

त्यति गरेपछि अहिलेसम्म राक्षसहरूले दुःख दिएका छैनन्।बस्ती सार्दा तान्त्रिकहरूले सिद्धिकाली जात्राको मिति पनि सारे। पहिला यो जात्रा गाईजात्राको दिन मनाइन्थ्यो। बस्ती सरेपछि देवीलाई यो स्वीकार्य भएन। नयाँ देवीलाई मन्जुर हुनेगरी नयाँ मिति जुराउँदा दसैंमा पर्‍यो। त्यसपछि हामीले दसैं मनाउन भ्याएनौं। खोकनाबासी गाईजात्राको दिन दसैं मान्छन्, तर टिकाजमरा केही लाउँदैनन्। नाममात्रको दसैं। उनीहरूको गाईजात्रा पनि पात्रोभन्दा एक दिन ढिला पर्छ।

फोटोः जितेन्द्र तुलाधर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here