पुनको शव नेपाली सेनाद्वारा व्यवस्थापन

0
file-photo

कैलाली- धनगढीको सेती प्रादेशिक अस्पतालमा कोरोना सङ्क्रमणबाट उपचारका क्रममा मृत्यु भएका आदिवासी जनजाती संघ डोटीका अध्यक्ष तथा नेपाली काँग्रेस महाधिवेशन प्रतिनिधितेज पुनको शव नेपाली सेनाले व्यवस्थापन गरेको छ।

पुनको शव भवानी दल गणबाट सह सेनानी नबल सिंह रोकायाको कमान्डमा खटिएको टोलीले गोदावरी नगरपालिका वडा नं ४ को तेघरी सामुदायिक वनमा व्यवस्थापन गरेको हो । उनलाई मंगलवारदेखि भेन्टिलेटरमा राखिएको थियो ।

पुनको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा आज मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले बताए । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई उपचारका लागि सेती अस्पताल ल्याइएको थियो । उनमा मङ्गलवार कोरोना पुष्टि भएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here