यस्तो छ मालपोत र नापी कार्यालय धनगढीमा सेवाग्राहीको भीड (फोटो फिचर)

0

कैलाली-मालपोत कार्यालय कैलालीमा सेवाग्राहीको भीड बढ्दै गएपछि कोरोना संक्रमणको जोखिम बढेको छ। दैनिक सयौंको संख्यामा सेवाग्राही पुग्दा कार्यालय परिसरमा भीड लाग्ने गरेको हो।सुरक्षाका मापदण्ड पालना गर्दै विभिन्न सेवा क्षेत्र खुला गर्ने सरकारी नीतिपछि असवाधानिका कारण कार्यालयका कर्मचारीमा त कोरोना देखिएकै थियो भने सेवाग्राहीहरुमा पनि कोरोना संक्रमणको जोखिम बढ्दै गएको हो।

सरकारले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर मात्रै कार्यालय सञ्चालन गर्न भनेपनि कैलाली मालपोतमा त्यसको पालना हुन नसकेको सेवाग्राहीहरूको गुनासो छ। नजिकै नापी कार्यालय कैलाली रहेको छ। त्यहाँ पनि सेवाग्राहीको भीड थेगिनसक्नु रहेको छ।सुदूरपश्चिमको अस्थायी राजधानी तथा प्रदेशको मुख्य शहर धनगढीमा कोरोना संक्रमण समुदायस्तरमै फैलिसकेको आकलन भइरहेपनि मालपोत कार्यालयको भीडले झन् जोखिम निम्तिएको छ।
मालपोत कार्यालय कैलालीले न त गेटमा ज्वरो नाप्ने गरेको छ, न त स्यानिटाइजरकै व्यवस्था गरेको छ।

सेवाग्राही पनि मास्क समेत नलगाई लाइनमा ठेलमठेल गरेर उभिएका छन्। कार्यालयका अधिकारीहरूले भीडभाड व्यवस्थापन र भौतिक दूरी कायम गराउन खोजे पनि सम्भव नभएको बताउँछन्। मालपोत र नापी कार्यालय सँगै भएकाले सेवाग्राहीको चाप बढ्दै गएपछि सेती प्रादेशीक अस्पताल देखि वडा प्रहरी कार्यालयको सडकमा सवारी साधन पार्किड गर्न थालेपछि आवतजावतमा समेत समस्या भएको छ।

अहिले झन् सेवाग्राहीको भीडभाड बढेको हुन सक्ने कार्यालयका प्रमुख सुरेन्द्र केसीले बताए। भीडभाड नियन्त्रणका लागि टोकन प्रणाली शुरू गरिएको प्रमुख केसीले बताए।अहिले मालपोत कार्यालयमा जग्गा किनबेच, रोक्का, फुकुवा जस्ता कामको लागी सेवाग्राही आउने गरेका छन् । आम नागरिकमा कोरोनाको डरभन्दा कामको चिन्ता बढी देखिएको छ । कोरोना महामारीको सङ्क्रमण बढीहेका बेला यसरी सरकारी कार्यालयहरुमा हुने भिडभाडले भयावह अवस्था आउने निश्चित छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here