कक्षा १२ को परीक्षा मङ्सिर ९ गतेदेखि सञ्चालन हुने

0
फायल फोटो

काठमाण्डौ– कक्षा १२ को परीक्षा मङ्सिर ९ गतेदेखि सञ्चालन हुने भएको छ। बुधबार परीक्षाको तालिका सार्वजनिक गर्दै राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा मङ्सिर ९ गतेदेखि सञ्चालन हुने जनाएको हो।

बोर्डका अनुसार बिहान ८ बजे सुरु हुने परीक्षा मङ्सिर १६ गते सकिने छ। शनिबार पनि परीक्षा सञ्चालन हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ।

कोरोना सङ्क्रमण पुष्टि भइ उपचाररत परीक्षार्थीहरुलाई परीक्षामा सहभागी नहुन बोर्डले आग्रह गरेको छ। त्यस्ता परीक्षार्थीहरुका लागि नेपाल सरकारबाट मान्यता प्राप्त प्रयोगशालाद्वारा परीक्षण गरिएको प्रयोगशाला रिपोर्टको आधारमा पछि छुट्टै परीक्षाको व्यवस्था गरिएको बोर्डले सूचनामा उल्लेख गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here