कञ्चनपुरका चार सहित सुदूरपश्चिममा एक सय आठ जना कोरोना पोजेटीभ

0
फायल फोटो

कञ्चनपुर- बुधबार कञ्चनपुरका चार जना सहित सुदूरपश्चिमका एक सय आठ जनामा कोरोना पोजेटीभ देखिएको छ। सेती प्रादेशिक अस्पताल, डडेल्धुरा अस्पताल तथा जिल्ला अस्पताल दार्चुलामा पछिल्लो २४ घण्टामा गरिएको पीसीआर परीक्षणमा सुदूरपश्चिमका एक सय आठ जनामा कोरोना पोजेटीभ देखिएको हो।

सेती अस्पतालका अनुसार कञ्चपुरको भीमदत्त नगरपालिकाका एकजना, कृष्णपुरका एकजना, बेलैरीका एक जना र पुनर्वासका एक जनामा गरी कञ्चनपुरका चार जनामा संक्रमण पुष्टि भएको छ। त्यसैगरी कैलालीका ४२ र डोटीका एक जना गरी सेती प्रादेशिक अस्पतालमा पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा ४७ जनामा कोरोना पुष्टि भएको हो।

यस्तै, जिल्ला अस्पताल डोटीमा पछिलले २४ घण्टामा गरिएको परीक्षणमा डोटीका १० जनामा कोरोना पोजेटीभ देखिएको छ भने डडेल्धुरा अस्पतालमा गरिएको पीसीआर परीक्षणमा दार्चुलाका ५० र डडेल्धुराका एक गरी ५१ जनामा कोरोना पोजेटीभ देखिएको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here