दिल्लीबाट दुई महिलाको उद्धार

0
सांकेतिक फोटो

कैलाली – भारतको नयाँदिल्लीमा अलपत्र परेका दुई महिलाको माइती नेपालको पहलमा उद्धार गरी धनगढी पुर्याइएको छ । कुवेतमा नौकरी लगाइदिने भन्दै दलालले दिल्ली पुर्याएर अलपत्र पारेपछि मकवानपुरकी ५२ वर्षीया महिला र रौतहट माइतीघर भई भारतको बिहार घर भएकी २९ वर्षीया महिलाको उद्धार गरिएको हो ।२९ वर्षीया महिलासँग दुई नाबालक छोरीसमेत छन् ।

घरमा सासू, ससुरा, देवर र श्रीमान्को दुव्र्यवहार झेल्दै आएकी उनी दलालको फन्दामा परेर दिल्ली पुगेको माइती नेपाल धनगढी शाखा प्रमुख शिवनारायण चौधरीले बताए। माइती पक्षले निवेदन दिएपछि उनको उद्धार गरिएको चौधरीले बताए।

यस्तै कुवेत जानका लागि दिल्लीमा पासपोर्ट बनाउन भन्दै दलालले दिल्ली पुर्याएर अलपत्र पारिएकी मकवानपुरकी ५२ वर्षीया महिलाको पनि उद्धार गरिएको। दिल्लीमा एक नेपाली महिलाको सम्पर्कमा आएपछि उनको उद्धारको पहल गरिएको थियो। प्रलोभनमा पारी यी दुई महिलालाई दिल्ली पु¥याउने दलाल भने फरार भएको माइती नेपालले जनाएको छ।

यसअघि गत असोजमा माइती नेपालले दलालको फन्दामा परेर भारत जाँदै गरेकी नवलपरासीकी एक महिलाको पनि कैलालीको त्रिनगर नाकाबाट उद्धार गरेको थियो । ‘दिल्लीमा रहेको दलालले महिनामा ४० हजार पाइन्छ भन्दै उतै बोलाएका रहेछ,’ चौधरीले भने, ‘उहाँ दिल्ली जाँदै गर्दा त्रिनगरनाकाबाट उद्धार गरेका थियौँ।’ (रासस)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here